अर्थ

फेरि भारतबाट किन्न थालियो बिजुली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंसिर २६– सुख्खा याम लागेसँगै नेपालको उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट बिजुली किन्न थालेको हो । प्राधिकरणका अनुसार यति बेला नेपालले भारतबाट किन्ने र बेच्ने बिजुलीको परिमाण बराबर जस्तै छ ।

यति बेला नेपालमा बिजुलीको कूल जडित क्षमता २१ सय किलोवाट आसपास छ । तर, यो वर्षायामको समयमा मात्रै हुने उत्पादन हो । नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर)मा आधारित भएकाले वर्षा याममा बढी बिजुली उत्पादन हुन्छ ।

बिज्ञापन

नेपालमा अर्धजलाशययुक्त र जलाशययुक्त आयोजना न्यून हुँदा सुख्खा याममा भारतसँग ३०० मेगावाटसम्म बिजुली किन्नुपर्छ । यस्तै, वर्षा याममा बिजुलीको उत्पादन बढेसँगै पुनः ४०० मेगावाटसम्म बिजुली निर्यात हुन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।