राष्ट्रिय समाचार

रेशम र विप्लवका कार्यकर्ता छुटाउने अध्यादेशविरुद्ध सडकमा ओर्लियो एमाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विभिन्न आन्दोलनका दौरान जेल परेका राजनीतिक दलका कार्यकर्तालाई छुटाउन कानुन संशोधननिम्ति अध्यादेश जारी गर्ने सरकारी निर्णयको विपक्षमा रहेको नेकपा एमालेले भातृ संगठनलाई सडकमा ओरालेको छ । अध्यादेशविरुध्द सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु आज आन्दोलनमा उत्रिएको हो । 

व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याइएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंमा चर्को प्रदर्शन गरेका छन्  । त्रिचन्द्र कलेजअगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गर्नुपर्ने लगायतका नारावाजी गरेका छन् ।

बिज्ञापन

अस्ति आइतबार बसेको क्याबिनेट बैठकले राजनीतिक आन्दोलन क्रममा राज्यपक्षबाट पक्राउ परी जेलमा रहेका नागरिक उन्मुक्ति पार्टी,विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहाई गर्न मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले सो अध्यादेश प्रमाणीकरणका लागि हिजै राष्ट्रपतिसमक्ष पठाएको छ । 

राष्ट्रपतिद्वारा अध्यादेश जारी भए हिंसात्मक राजनीति त्यागेर शान्तिपूर्ण प्रतिष्पर्धामा आउने प्रतिवध्दता जनाएका शक्ति जोसँग यसअघिको सरकारले सम्झौता गरेको छ, तिनका नेता-कार्यकर्ता जेलबाट रिहा हुनेछन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले चार बुँदे सहमति गरी विप्लवका कार्यकर्ता छुटाउन गरेको प्रतिवध्दतासमेत पूरा हुनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।