दाइजोमा काठमाडौंमा घर नदिएको भन्दै श्रीमती कुट्ने श्रीमान पक्राउ

काठमाडौं । दाइजो नल्याएको निहुमा दिनहुँ श्रीमती कुटपिट गर्ने श्रीमान पक्राउ परेका छन् । दाइजोको निहुमा नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोपमा महोत्तरी रामगोपालपुर–५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरीको औरही–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर–५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए ।

दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमानको कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्याएका थिए । नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०–६० लाख चाँदीका गहना दाइजो दिइएको छ ।
तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् । पंकज एमबीबीएस डाक्टर हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
