राजनीति

आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष प्रचण्डको प्रस्ताव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष औपचारिक प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

बिज्ञापन

यसअघि विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमा आफ्नो दावी रहेको बताएका प्रचण्डले आज भने देउवासमक्ष पहिलोपटक औपचारिक प्रस्ताव राखेका हुन् । जवाफमा देउवाले गठबन्धन दलबीच छलफल गर्ने बताएको स्रोतले जनाएको छ । यता प्रधानमन्त्री देउवा स्वयम् आगामी पाँच वर्ष प्रधानमन्त्रीको नेतृत्व गर्ने दाउमा छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।