अवर्गीकृत

इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आज डिसेम्बर २५ इसाई धर्मावलम्बीले विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवर्द्धक जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिनका अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो ।

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा उक्त समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।

बिज्ञापन

आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

क्रिसमस डेका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

क्रिसमसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च पदस्थ व्यक्तित्वहरुले शुभकामना दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।