राजनीति

नयाँ सरकार बनाउन सहयोग गर्ने राप्रपाको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ सरकार बनाउन सहयोग गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जसको नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने निर्णय गरेको हो ।

‘हामी प्रचण्डको नेतृत्वमा वा शेरबहादुर देउवा जसको नेतृत्वमा सरकार बनाए पनि बाधक बन्दैनौं’, एक नेताले भने, ‘नयाँ सरकारलाई राप्रपाले समर्थन गर्छ, बाधक बन्दैन । मध्यावधि चुनावमा नजाओस्, स्थायित्वका लागि हामीले यस्तो निर्णय गरिएको हो ।’

बिज्ञापन

यसअघि अध्यक्ष राजेन्द्र लिङदेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर नयाँ सरकार गठनका लागि छलफल गरेका थिए । बालकोटमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।