राष्ट्रिय समाचार

प्रचण्डको दौरा सुरुवाल पोज, पहिलोपटक राष्ट्रिय पोशाकमा सपथग्रहण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवालमा सपथ लिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

बिज्ञापन

यसअघि २०६५ तथा २०७३ मा दुईपटक प्रधानमन्त्रीको सपथ लिँदा प्रचण्डले कोट पाइन्ट लगाएका थिए । यसपटक भने नेपाली पोशाक सजिएका हुन् । आइतबार नाटकीय ढंगले राजनीतिमा नयाँ समीकरण बनेसँगै नेकपा एमालेलगायत सात दलका १७० जना सांसदहरुको समर्थनमा प्रचण्डले आफ्नो तेस्रो इनिङको प्रारम्भ गरेका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।