स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

म्याड्रिड । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
लोक कल्याणकारी विज्ञापन

उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो ।
लोक कल्याणकारी विज्ञापन

लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर(९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् ।
बिज्ञापन

खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।
बस चालकको रक्सी र लागूऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरूले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

