सुदूरपश्चिम प्रदेश

कैलालीमा चिसोले जनजीवन कष्टकर 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, पुस २२ गते। कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले तापक्रम घट्दै गएको छ। 

चिसो बढेपछि दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्नवर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरु कठ्याङ्ग्रिदै विद्यालय गइरहेका छन्। 

बिज्ञापन

चिसो बढेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा धमाधम जाडो बिदा दिए पनि कैलालीका कुनै पनि स्थानीय तहले बिदा दिएका छैनन्। अहिले सामुदायिकसहित संस्थागत विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ। विद्यालयले निर्धारण गरेको पोशाकमा मात्रै विद्यालय जान र फर्किन विद्यार्थीलाई समस्या भइरहेको छ। 

चिसो बढ्दै गएपछि कैलालीका विद्यालयमा जाडो बिदा दिनुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय तहले विद्यार्थी, बालबालिकाको मर्कालाई दृष्टिगत गरेर बिदा दिनुपर्ने धेरैको जोड छ। जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेका छन्। 

जाडो बढेपछि मान्छे जताततै आगो तापेको देखिन्छ। आगो ताप्नका लागि केही स्थानीय तहले दाउरा पनि वितरण गरेका छन्। चोकसहित सार्वजनिक स्थानमा आगो बाल्नका लागि जिल्लास्थित सामुदायिक वन र डिभिजन वन कार्यालयले दाउराको व्यवस्थापन गर्नुपर्ने केही दिन अगाडि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको थियो। 

जाडोका कारण बालबालिका र ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग बढी प्रभावित हुने गर्दछन्। जाडोले निमोनिया, रुघाखोकीलगायतको स्वास्थ्य समस्या हुने गर्दछ। यसैगरी, बालबालिकालाई रोटा भाइरसको प्रकोप हुने गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माको भनाइ छ। उहाँले चिसोबाट जोगिन आवश्यक रहेको औंल्याउनुभयो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।