घटना

६ वर्षका बालकद्वारा शिक्षकमाथि गोली प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिकाको एउटा विद्यालयमा ६ वर्षीय बालकले शिक्षकमाथि गोली हानेका छन् । राजधानी वासिङ्गटन नजिकैको भर्जिनिया राज्यमा स्थानीय समयानुसार हिजो ती बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाएका हुन् ।

गोलीबाट एक जना शिक्षक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा अरु विद्यार्थीलाई भने चोटपटक लागेको छैन ।

बिज्ञापन

‘गोली हान्ने बालक अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी होइन भन्ने लागेको छ ।’

गोली लागेकी महिला ३० वर्षकी शिक्षिका हुन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । ‘म स्तब्ध छु, र म निराश पनि छु’, त्यहाँका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।