राष्ट्रिय समाचार

रवि लामिछानेको नागरिकता प्रकरणमा माघ ११ गते पूर्ण सुनुवाइ हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्वोच्च अदालतको संबैधानिक इजलासले तत्काल रीट निवेदकहरुको मागबमोजिम साँसद पदका निम्ति उनी अयोग्य ठहरिने  गरी अन्तरिम आदेश नदिएतापनि फास्ट ट्र्याकबाट माघ ११ गते यस प्रकरणलाई टुङ्ग्याउने भएको छ । त्यतिन्जेल सबै निकायबाट यससम्बन्धी निर्णय र पत्राचारका सक्कल कागजात,बहस नोटसहित बुझाउनसमेत आदेश दिइएको छ । प्रहरीलाई समेत यो मुद्धाको अनुसन्धान जिम्मेवारीपूर्वक ७ दिनभित्र सकाएर प्रतिवेदन बुझाउनु भनिएको छ भने कसैले पनि माघ ११ गतेको पेशी सार्न नपाउनेसमेत अदालतको प्रष्ट आदेश छ ।

सर्वोच्चको आदेशमा भनिएको छ-प्रस्तुत विवादको सुनुवाईलाई अग्राधिकार प्रदान गरी छिटो छरितोरुपमा सम्पन्न गर्नु आवश्यक देखिएको हुँदा पूर्ण सुनुवाईका लागि २०७९ साल माघ ११ गते बुधवार पेश गर्नू । प्रस्तुत रिट निवेदनसम्बन्धी विषयमा मिति २०७२।१०।११ गतेसम्ममा लिखित बहस नोट पेश गर्न रिट निवेदक तथा प्रत्यर्थी दुवै पक्षलाई जानकारी दिनू ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।