सुदूरपश्चिम सभामुखका लागि रावल र भण्डारीको मनोनयन

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि दुईजनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमाले नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् ।
रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन् । बझाङबाट निर्वाचित भण्डारीको प्रस्तावक एमालेकी जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल रहेकी छन् ।

५३ जना सांसद रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
