सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज शपथग्रहण गर्नुहुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । 

उहाँलाई अपराह्न ४ बजे प्रदेश प्रमुख देवराज जोशीले पद् तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । 

बिज्ञापन

सत्ता साझेदार गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा (एमाले) का रावल मुख्यमन्त्री बन्नुभएको हाे । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले उहाँलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।