घटना

कोरियाली बाबुछोरा नेपाल आएको दुई घण्टामै सेतीमा अस्ताए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको ज्यान गयो । ५३ नेपाली र १५ विदेशी नागरिकले यात्रा गरिरहेको विमानमा २ दक्षिण कोरियन नागरिक समेत थिए ।

४५ वर्षका यु योङचोएल र उनका १४ वर्षीय छोरा यु स्याङ्याङ आइतबार बिहान मात्रै नेपाल आइपुगेका थिए । बिहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौँ ओर्लिएका उनीहरू लगत्तै पोखराका लागि उडेका थिए ।

बिज्ञापन

१०ः३२ बजे यती एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू पोखरा त आइपुगे तर विमानस्थल झर्न पाएनन् । उनीहरू चढेको विमान सेती खोंचमा झ–यो । र बाबुछोरा नै सेतीमा विलीन भए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।