ट्राफिक प्रहरी लाई घचेटेर मोटरसाइकल चालक फरार

काठमाडौ ३ माघ मापसे चेक जाच गर्न खटेका ट्राफिक प्रहरी लाई घचेटेर मोटरसाइकल सहित एक जना फरार भएका छ्न।
उपत्यकाको भक्तपुर कौसलटार स्थित बालकोट जाने बाटोमा मंगलबार बेलुका करिब साढे ७ बजे मापसे चेक गर्न खटेका टोलि इन्चार्ज ट्राफिक हवल्दार गंगा राम मण्डललाई मदिरासेवन गरेर मोटरसाइकल चलाइरहेका एकजनाले घचेटेको हो।
घचेटेर अलि पर सम्मपुर्याएका मण्डललाई सामान्य चोट लागेको उनले बताए ।

ट्राफिक हवल्दार मण्डलले भने हामी मापसे चेक जाचमा थियौ त्यिब्याक्तीलाई कोक्नेकोशिश गरेका थियौ उनले मदिरासेवन गरेको भएका कारण मलाई घचेटेर फरार भए ।
मदिरा सेवनगरि सवारी साधन चलाउनेहरुका कारण थुप्रै दुर्घटना हुनेगरेको उनले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
