स्वास्थ तथा सरसफाइ

कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्।

समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।

बिज्ञापन

धनगढीको वडा नम्बर १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ। यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १/१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।