अर्थ

बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माडौं । नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।

मंगलबार संसद भवन अगाडी इलामका प्रेम आचार्यले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान कीर्तिपूरस्थित बर्न अस्पतालमा मृत्यु भइसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।