राजनीति

देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दैछ : प्रकाशमान सिंह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि यो सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आशय थियो। उनले भने,‘ दलहरुले धरातलीय यर्थाथलाई चाँडो विर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्छ। सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ,त्यो क्षमता कांग्रेससँग पनि छ। नेपाली कांग्रेस सत्तामा जानै पर्छ भन्ने छैन। आएको जिम्मेवारी हामी बहन गर्छों।’

बिज्ञापन

बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे।

जनताको अभिमतबाट बनाइएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताए।

मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि,नागरिकको जनवीविका उकास्नका लागि दलहरु केन्द्रित हुन आग्रह गरे।

यसैबीच, वर्तमान मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा धाधारणा राख्दै अहिलेको गठबन्धन दिगो रुपमा जान नसक्ने तर्क गरे।सुदूरपश्चिम प्रदेश सरकार ढले जस्तै अरु ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको दावी गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।