घटना

सुर्खेतमा ड्युटीमा रहेका प्रहरी जवानद्वारा कन्चटमा गोली हानी आत्महत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्माहत्या गरेका छन् ।

बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको हाे ।

बिज्ञापन

दार्चुलाको अपी नगरपालिका-६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनकाे दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारहेको थियो । तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।