खेलकुद

टीकापुर ३ मा वडा स्तरिय खेलकुद प्रतियोगिता शुरु, युवाहरुलाई कुलत अवस्थाबाट बचाउन खेलकूद आवश्यक : प्रदेश सभासदस्य चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर नगरपालिका वडा न. ३ को आयोजनामा बुधबारदेखि वडा स्तरिय खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिातमा फुटवलका ११, तान डोरीका र ब्याडमिन्टनका ९/९ टीम सहभागि छन् । 
प्रतियोगिताको उद्घाटन गर्दै सदुरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले पछिल्लो समय यूवा पुस्ताहरु कुलतमा फस्दै गएकाले उनिहरुलाई सही बाटोमा ल्याउन खेलकुद आवश्यक भएको बताउनुभयो । उहांले टीकापुर नगरपालिका वडा न. ३ को वडा कार्यालय भवन निर्माण गर्न र वडामा उपयूक्त स्थानमा खेल मैदान निर्माण गर्न पनि सुझाव दिनुभयो ।
अर्का प्रदेशसभा सदस्य ललिता सुनारले विद्यालय स्तरबाटै खेलकुदमा जोड दिनुपर्ने बताउदै खेलका माध्यमले खेलाडीले देश र क्षेत्रको पहिचान दिलाउने भएकाले अनुशासित भएर खेल खेल्न र खेलाउन आग्रह गर्नुभयो ।
वडा न. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले खेलाडीहरुलाई खेल अनुशासित भएर खेल्न आग्रह गर्दै टीकापुर नगरपालिका वडा न. ३ को विकासका लागी आफुहरु पनि नगरकार्यपालिकामा पहल गर्न पछी नहट्ने प्रतिवद्धता जनाउनुभयो ।
वडा अध्यक्ष ऋषी विकको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी लगायतले बोल्नुभएको थियो । प्रतियोगिता २० गतेसम्म संचालन हुनेछ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन