कृषि

मलको मूल्य बृद्धि तत्काल फिर्ता गर्न किसानको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको बिरोधमा बिभिन्न दल निकट किसान संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगायतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

बिज्ञापन

प्रदर्शनमा सहभागीहरुले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइँदैन, प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार, राजिनामा देउ कम्र्फटेबल सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

वर्तमान सरकारले किसान बिरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् । किसानहरुलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरुको छ ।

सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।