प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
लोक कल्याणकारी विज्ञापन

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो ।
बिज्ञापन

बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।
प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंदैछन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
