काबुलबाट लगेका नेपालीलाई बेलायतले तत्काल घर नपठाउने

काबुलमा आफ्नो दूतावासको सुरक्षा गरिरहेका नेपालीहरूलाई बेलायतले तत्काल नेपाल फिर्ता नगराउने भएको छ।
अफगानिस्तानको सत्ता तालिबानको हातमा पुगेपछि त्यहाँबाट उद्दार गरेर बेलायत पुर्याइएका सुरक्षा गार्डहरूलाई नेपाल फिर्ता गराउने चेतावनी तत्कालका लागि स्थगित भएको बीबीसीले जनाएको छ।

काबुलमा सुरक्षार्थ खटिएर बेलायत पुर्याइएका उनीहरूको नाममा फिर्तीको सूचना जारी गरिएको थियो। सूचनापछि केही नेपालीहरू लुकेपछि होटलमा छापा मारेर नियन्त्रणमा समेत लिइएको थियो। बेलायतको आन्तरिक मामिला मन्त्रालयले त्यस सुचना हाललाई स्थगित गरिएको बताएको छ।
मन्त्रालयका प्रवक्ताले भनेका छन्- ‘जारी भएको सुचना तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। केही विषयमा पुनरावलोकन गर्ने तयारी छ,’ प्रवक्ताले भनेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
