राष्ट्रिय समाचार

३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दुल्लु, चैत २५ गते । कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् । 

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ मा रहेको विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो । त्यसयता जहाज आएको छैन । अहिले विमानस्थल कालोपत्रे गरी चिटिक्क पारिएको छ । 

बिज्ञापन

२०८० वैशाख १ गते नयाँ वर्षसँगै औपचारिक उडान भर्ने भन्ने चर्चा छ तर ठोस टुङ्गो भने लागेको छैन । विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।