राजनीति

रास्वपा सांसद र दुर्गा प्रसाईँबीच दुई करोडको डील भएको अडिओ सार्वजनिक, पार्टीले छानबिन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका एक सांसदले ठूलो रकमको डिल गरेको दाबीसहित एक अडिओ सार्वजनिक भएको छ । पार्टीले तत्काल यस विषयमा छानबिन थालेको छ ।

रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् । उनले अढाई करोड रूपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै उनले सहयोग मागेका हुन् ।

बिज्ञापन

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनवार्तामा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

यो फोन वार्ता रास्वपा सरकारमा जानुभन्दा अगाडिको जस्तो सुनिन्छ । प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् ।

‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो,’ उनले भने, ‘भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।’

प्रसाईँले यो पैसा रविलाई नै बुझाउनुपर्ने त होला नि ? भनेर सोध्छन् ।

जवाफमा श्रेष्ठ भन्छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई-तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’

पछि तोसिमाले लडाइँ त गर्दिनन् नि भनेर प्रसाईले सोध्दा श्रेष्ठ भन्छन्, ‘सबै अधिकार सभापतिलाई दिइएको छ । उहाँले जसलाई भन्नुहुन्छ उही हुन्छ ।’

यस विषयमा रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्याललाई जिज्ञासा राख्दा उनले आफूहरुले पनि भर्खर थाहा पाएको बताए ।

‘हामीले भर्खरै मात्र सुन्यौं । साथीहरू बाहिर हुनुहुन्छ । अनौपचारिक कुराकानी भइरहेको छ । अडिओको आधिकारिकतबारे तत्काल छानबिन गर्छौं,’ उनले भने ।

यदि अडिओ आधिकारिक पुष्टि भएको खण्डमा उपयुक्त कारबाही गरिने अर्यालले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।