सुदूरपश्चिम प्रदेश

कैलालीमा सुत्केरी मृत्युको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अवरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२८ चैत, धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका-२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै मंगलबार पुनः राजमार्ग अवरुद्ध गरेका हुन् ।

बिज्ञापन

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्रबहादुर पालले  पूर्वपश्चिम राजमार्गमा स्थानीय प्रर्दशनमा उत्रिएपछि सवारीसाधन चल्न नसकेको बताउँदै अवरोध खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

पालले घटनाको छानबिनका लागि समिति गठन गर्ने तयारीसमेत अघि बढेको बताए । स्थानीयले अत्तरियामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

सोमबार मालाखेती अस्पताल पुर्‍याएकी भट्टराईको शिशुलाई जन्म दिएपछि मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले कारवाहीको माग गर्दै सोमबार पनि राजमार्ग अवरुद्ध गर्दा अत्तरियामा तनाव सिर्जना भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।