घटना

मध्यरातमा बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । मध्यरातमा बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

बिज्ञापन

बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो ।

जिपको पछाडि सवार केही व्यक्ति हाम फालेर जोगिएको प्रहरी उपरीक्षक शाहीले बताए ।

पाटन र खोड्पेको प्रहरी टोलीले अहिले उद्धार गरिरहेको छ । जिल्ला प्रहरीको टोली घटना स्थल पुग्दै छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।