घटना

नदीमा डुबेर १८ वर्षीय युवाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्युठान, बैशाख ६ गते । स्वर्गद्वारी नगरपालिका -७ तापस्थित माडी नदीमा डुबेर एक युवाको ज्यान गएको छ । झिमरुक गाउँपालिका –८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ट्याक्टरका सह-चालक रोका मगर बालुवा लिन खोला गएको बेला नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिनुभयो । आज बिहान ११ बजे घटना भएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।