घटना

दाइजोमा सुन नपाएपछि श्रीमानसहित परिवारै मिलेर स्वेताको हत्या प्रयास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । कबुलअनुसार ससुरालीले दाइजो नदिएको भन्दै जनकपुरमा आगो लगाएर एक महिलाको हत्या प्रयास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवरले बैशाख १ गते आगो लगाएर हत्याको प्रयास गरेका हुन् ।

जनकपुरस्थित प्रादेशिक अस्पतालको वर्न कक्षमा उपचाररत स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ । स्वेता र राजीवबीच १० वर्ष अगाडि सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाहलगत्तै राजीव वैदेशिक रोजगारका लागि गएपछि स्वेता ५ वर्षसम्म माइतमै बसेकी थिइन् । उनको माइत भारत हो ।

बिज्ञापन

बैदेशिक रोजगारबाट फर्केपछि राजीवले विवाहमा स्वीकारेको तीन तोला सुन नदिएको भन्दै पटक–पटक यातना दिने गरेको स्वेताले सुनलाईन् । उनका एक छोरी र एक छोरा छन् । यस घटनामा धनुषा प्रहरी भने अनभिज्ञ छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले अनौपचारिक रूपमा घटनाबारे थाहा पाएको र यथार्थ बुझ्ने प्रयास गरिरहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।