टीकापुरसहयोग तथा उदार

समाजसेवी भरत रावलद्वारा टीकापुर अस्पताललाई व्हीलचेयर हस्तान्तरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १० बैशाख । समाजसेवी भरत रावलद्वारा टीकापुर अस्पताललाई व्हीलचेयर हस्तान्तरण गर्नु भएको छ ।

उक्त व्हीलचेयरलाई भरत रावलका साथ उहाँकी धर्मपत्नी बैजन्ती रावल र दिदी जलुदेवी कुँवरद्वारा संयुक्त रुपमा आफ्ना स्वर्गीय बुवा कृष्ण रावलको स्मृतिमा टीकापुर अस्पताललाई एक थान व्हीलचेयर सो अस्पतालका अध्यक्ष झपट बहादुर सोडारी र अस्पतालका स्वास्थ कर्मीहरुको उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ, ।

बिज्ञापन

बिगत लामो समयदेखि मुम्बईमा बसेर विशुद्ध गैर राजनीतिक संस्था संयुक्त नेपाली महासंघमा आबद्द भई, संगठनको विभिन्न ओहदामा कार्यरत रही साथै दुई कार्यकाल संगठनको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर प्रवासमा रहेका नेपालीहरुको सुख–दुःखमा साथ दिदै आउनु भएका रावल एक कुशल समाजसेवी तथा व्यवसायी पनि हुनुहुन्छ ।

उहाँले थुप्रै दुःखमा परेका नेपालीहरुको उद्दार गरिसक्नु भएको छ । कोरोना कालमा पनि प्रवासमा रहेका नेपालीहरुको निकै राम्रो सहयोग गर्नु भएको थियो भने उहाँ लगाएत उहाँका साथीहरुद्वारा कोविड–१९ को महामारीको समयमा टीकापुर अस्पताललाई स्वास्थ सामग्रीको सहयोग पनि गर्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।