सुदूरपश्चिम प्रदेश

मिटर ब्याजीविरुद्ध उजुरी दिन कैलाली प्रशासनको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

बिज्ञापन

भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ। वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन