अर्थ

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक मर्ज हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं–सरकारका २ वाणिज्य बैंक मर्ज हुने भएको छ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरका लागि अध्ययन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

दुबै बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललाई कार्यदल संयोजक तोकिएको छ ।

बिज्ञापन

यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक समेत मर्जरमा जान आवश्यक रहेको बताएका थिए । 

पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब हाराहारीमा पुग्न थालेपछि सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।