रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको ललितपुर प्रहरी प्रवक्ता प्रवीण पोखरेलले जानकारी दिए ।
बिज्ञापन

चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।
थापाका श्रीमती र दुई सन्तान छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
