सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान् भेट्न पुगिन् मन्त्री रञ्जिता

काठमाडौं । भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता चौधरी सरकारी गाडीमा झण्डा हल्लाएर कैदी भेट्न कारागार पुगेकी छन् । आज जारी सत्तारुढ गठबन्धनको वैठक बीचमै छोडेर उनी डिल्लीबजार सदरखोर हान्निएकी थिइन् ।
मन्त्री श्रेष्ठका श्रीमान् रेशम चौधरी सो कारागारमा जन्मकैदको सजाय खेपिरहेका छन् । हिजो उनको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रीमान् भेट्न सुरक्षाकर्मीसमेत लिएर कारागार पुगेकी थिइन् ।

हिजोको फैसलाका विषयमा छलफल गर्न नाउपाका संरक्षक रेशमले श्रीमतीसहित पार्टीका नेताहरूलाई कारागारमै डाकेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
