राजनीति

सरकारसँग नाउपाकाे आज ‘निर्णायक’ वार्ता हुने, नेपाल बन्दको निर्णय के हाेला ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी – नागरिक उन्मुक्ति पार्टी र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ।

पार्टीका प्रवक्ता दामोदर भण्डितले शुक्रवार सरकारसँग निर्णायक वार्ताको तयारी रहेको बताएका छन्।

बिज्ञापन

पार्टीले शनिवारदेखि नेपाल बन्दको घोषणा गरेको थियो। तर शुक्रवार सरकारसँग वार्तापछि मात्र नेपाल बन्द गर्ने वा नगर्ने विषयमा जानकारी दिने पण्डितले बताए। उनले भने, ‘आज वार्ता छ। सरकारसँग वार्तापछि मात्र बन्द गर्ने वा नगर्ने विषयमा जानकारी दिन्छौ। साँझ ६ बजे विज्ञप्ति आउछ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको फैसलालाई सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ। नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग गर्दै आएको छ। रेशम चौधरीको रिहाइको माग गर्दै कैलालीमा दैनिक राँके जुलुस हुँदै आएको छ। चौधरीलाई रिहाइ गर्ने सर्तमा नागरिक उन्मुक्ति संघ र प्रदेश सरकारमा समेत सहभागी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।