अवर्गीकृत

बुहारी भित्र्याउने तर्खरमा देउवा दम्पत्ति, जयवीरको ईंगेजमेन्ट तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं । आफूले ४५ वर्ष काटेपछि विवाह गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले छोरालाई भने बेलैमा दुलाहा बनाउने तर्खर गरेका छन् । देउवा निवासमा बुहारी बनेर आउने दुलहीको निधो भइसकेको छ ।

देउवाका दम्पत्तिका एक मात्र सन्तान जयवीरकी भावी जीवनसंगीनी हुन् शिवाना श्रेष्ठ । हालै मात्र जयवीरले शिवानालाई औँठी लगाइदिएर आधिकारिक रूपमा ‘प्रपोज’ गरेका थिए । यसको तस्बिर शिवानाकी आमा प्रतिभा श्रेष्ठले इस्टाग्राममा राखेपछि मात्रै उनीहरूको विवाह हुन लागेको समाचार बाहिरिएका थियो ।

बिज्ञापन

केही समाचारहरूमा जयवीर र शिवनाले ईंगेजमेन्ट गरेको दाबी गरिए पनि देउवाको सचिवालयले यसलाई नकारेको छ । सचिवालय स्रोतले भन्यो, ‘ईंगेजमेन्ट हुन बाँकी छ । मिति टुंगो लागिसकेको छैन ।’

जयवीर र शिवानाको विवाहका लागि दुवै परिवार तयार भइसकेको बुझ्न सकिन्छ । केही दिनमा इन्गेजमेन्ट हुने, तर बिहे केही समयपछि हुने स्रोत बताउँछ ।

‘इन्गेजमेन्ट सकिएपछि चिना हेराएर बिहेको तिथि तय हुन्छ । अहिल्यै विहे गर्ने कुरा होइन,’ स्रोतले भन्यो ।

को हुन् शिवाना ?

शिवाना एक सिकारु गायिका हुन् जो अंग्रेजी गीतहरूको कभर गाएर युट्युबमा राख्ने गर्छिन् । युट्युबमा उनका २० हजारभन्दा बढी फलोअर्स छन् । शिवानाले कभर गाएको ‘सेप अफ यू’ बोलको गीतमा २२ लाख भ्यूज आएको छ । उनले एउटा नेपाली गीत आफ्नै स्वरमा रेकर्ड पनि गराएकी छन् । शिवानाकी दिदी सुप्रिया श्रेष्ठ पनि युट्युबर हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।