जनकपुरबाट उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि…
लोक कल्याणकारी विज्ञापन

जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ ।
आज बिहान ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिए । विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए ।
बिज्ञापन

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब उडान परीक्षणपछि मात्र हुनेछ ।
विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
