आस्था /आध्यात्म

कैलालीको टीकापुर सत्संग भवनमा समर्पण दिवस सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ५ बैशाख । सन्त निरंकारी सत्संग भवन टीकापुरमा गत बैशाख ३० गतेका दिन समर्पण दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

निरंकारी बाबा हरदेव सिंह जी महाराजको स्मरणमा आयोजित उक्त समर्पण दिवसमा सन्त निरंकारी सत्संग भवन नेपालगन्जका मुखी शिव प्रसाद गोदियाले हामी सबै सन्त–भक्तहरुले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको प्रत्येक मूल निर्देशनलाई मनबाटै परिपालन गरि सोही सन्देशलाई मानेर अगाडि बढ्नु नै सच्चा समर्पण भएको मानिने बताउनु भयो साथै सबै सन्त परिवारले मिलवर्तन र प्रेम भावलाई सर्वोपरि मान्दै सेवा, सत्संग, सुमिरणमा जोड दिनु पर्ने बताउनु भयो ।

बिज्ञापन

उहाँले बाबा हरदेव सिंह जी महाराजले आफ्नो ३६ वर्षसम्म पूरा जीवन नै मानव कल्याणको लागि समर्पण गर्नुभयो । हामीले पनि बाबा जीले देखाएको बाटोमा हिडे सच्चा समर्पण दिवस मनाएको सार्थक हुने बताउनुभयो ।

त्यस्तै सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीले सत्गुरु बाबा हरदेव सिंह जी महाराजले १३ मई २०१६ का दिन आफ्नो नश्वर शरीरलाई परित्याग गर्नु भएको हुँदा हामी सम्पूर्ण सन्त परिवारले सत्गुरु बाबा हरदेव सिंह जी महाराजले दिएका सन्देशहरुको हु–ब–हु पालन गर्नु नै समर्पण दिवस मनाउनुको औचित्य हुने बताउनु भयो ।

समर्पण दिवस कार्यक्रममा यूनिट नं. २५४ का संचालक बल बहादुर सार्की, सेवादल जवान लक्ष्मी बोहरा, जुनी रावल लगाएत स्थानीय सन्तहरुले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सेवादल शिक्षक चन्द्र सिंहले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।