सुदूरपश्चिम प्रदेश

धनगढीमा डाक्टर मृत भेटिएको घटनामा एक युवक प्रहरी नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएपछि घटना अनुुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए ।

चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।