घटना

मकालु बेस क्याम्पमा लेक लागेर एकजनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संखुवासभा: जिल्लाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर मृत्यु भएको छ। मकालु बेस क्याम्पमा  मकालु गाउँपालिका –२ सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।

वडा अध्यक्ष शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो। मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए।

बिज्ञापन

मकालु–२ सेदुवाका विष्ट विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिनअघि घरबाट हिँडेका थिए।

विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ।

घटनाको बारेमा बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।