अवर्गीकृत

पत्रकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार समेत जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिबेशन तथा २३ औँ स्थापना दिवस उद्घाटन गर्दै मुख्यमन्त्री शाहले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि मात्र नभइ पत्रकार समेत जिम्मेवार हुन आवश्यक रहेकोमा जोड दिनुभयो । 
मुख्यमन्त्री शाहले मुलुकको व्यवस्था, संघीयता र भसोरा जोगाउने दायित्व जनप्रतिनिधिको भएको बताउँदै यी व्यवस्था जोगाउ सहयोग पुग्ने खालका समाचार मिडिमार्फत आउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको व्यवस्थाबाट मुलुकको समृद्धि हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सकार पत्रकार जगतलाई अलग राखेर अघि नबढ्ने बताउँदै पत्रकारलाई सहयोगीका रुपमा साथमा लिएर अघि बढ्ने बताउनुभयो । सरकारका कमी कमजोरीमा औला उठाउन आग्रह गर्दै आफूले प्रेस स्वतन्त्रताको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले पत्रकारले हरेक ठाउँमा मागेर सताउने कार्य अन्त हुनुपर्छ भन्नुभयो । उहाँले जनप्रतिनिधिले पनि प्रेस सल्लाहकार राखेर मिडियालाई सहज हुने गरी सूचना दिनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकार महासंघले पत्रकारको शुद्धिकरण अभियान चलाएका बेला युनियनमा समेत शुद्धिकरण आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका उपसभापति भीम बडुवालले राजनीतिक दलपछिको शक्ति पत्रकारिता भएकाले पत्रकारले ब्यवसायिक धर्म भुल्न नहुने बताउनुभयो । लम्कीचुहा नगरपालिकाका प्रमुख शुशिला शाहीले पत्रकारले भंष्ट्राचारका विषयमा बढी कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।
प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले पत्रिका, एफएम धरापमा परिरहेकाले पत्रकार पनि समस्यामा रहेका बताउँदै मिडिायाको संरक्षण र विकासको नीति सरकारबाट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस युनियन लम्कीका सभापति देवानन्द न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउँद, पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश रावल, नेपाली काँग्रेस लम्की चुहा नगरका सभापति इन्द्र कुँवर, युनियन लम्कीका सल्लाहकार भुवनेश्वर अधिकारी, पूर्व केन्द्रीय सदस्य जगत साउँद, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, युनियन लम्कीका संस्थापक अध्यष रंगप्रसाद अधिकारीले मन्तब्य राख्नुभएको थियो । उपाध्यक्ष रतनलाल चौधरीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव नेत्रप्रसाद जैसीले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन