राष्ट्रिय समाचार

प्रधानमन्त्रीसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लागेको हो ।

मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने जानकारी दिइन् ।

बिज्ञापन

प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदै छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।