राष्ट्रिय समाचार

आज पहिलोपटक कार्गो रेल विराटनगर आउँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आउन लागेको हो ।

रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसक्दा पनि अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन ।

बिज्ञापन

बथनाह-कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको हाे । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।

आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन् । उद्योगी सुयष प्याकुरेलका अनुसार रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने छ ।

आफुहरुले लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको उनले बताए । उनका अनुसार विराटनगरस्थित रेल्वे यार्डमा पहिलो पटक कार्गो रेल आउन लागेको हो ।

प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी/व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।