भारतले नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्ने

काठमाडौं – भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने सम्झौता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।

यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने भएको छ । परियोजनाअन्तर्गत भारतको सिलगुडिदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ ।
यस्तै, झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपा निर्माण गरिने छ । भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
