सुदूरपश्चिममा आन्दोलनकारीले आज प्रदेश सभा घेराउ गर्ने

धनगढी- सुदूरपश्चिम प्रदेशमा कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै गरिएको आमहड्ताल खुलेको हो।
सुदूरपश्चिम प्रदेशमा आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म आमहड्ताल गरिएको थियो। प्रहरीका अनुसार प्रदेशमा आमहड्ताल शान्तिपूर्ण भएको छ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आज पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिने बताएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार सोमबार बन्दका कार्यक्रम नरहे पनि सुदूरपश्चिम प्रदेश सभा घेराउको कार्यक्रम रहेको बताएका छन्।
२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
