कानुन र कर्मचारी नहुदा दुबै रेल फर्किए

असोज , ४
आवस्यक कानुन र कर्मचारी नहुदा शुक्रबार नेपालमा ल्याइएका दुई रेल शनिबार फेरी भारत फर्केको छ ।
शुक्रबार नेपाल ल्याएर आएका भारतको कंकोण रेलवे कपेरिसनका कर्मचारीहरुले शनिबार दुबै रेल भारत लिएर गएका हुन ।
जयनगरमा नेपालको आफनै स्टेशन छ ।सोही स्टेसनमा अब ती रेल राखिनेछन ।सधै बन्ध भएर इन्जिन नबिगियोस भनेर बेलाबेलामा इन्जिन चलाइरहनु पर्छ ।इन्जिनको हेरचाहसंगै रेलको अन्य सुरक्षा कंकोण कम्पनीले नै गर्ने ओझाले बताए ।

यसअघि जयनगर जनकपुर रेल चलाउन २०१९ मा एउटा निकै छोटो कानुन थियोे ।उक्त कानुन अहिले सान्दभिक नभएकाले सरकारले रेल संचालनसम्बन्धी नयाँ कानुन ल्याउनु लागेको छ ।
गत पुसमा राष्ट्रिय सभामा दर्ता भएको रेल्वेसम्बन्धी विधेयक अहिलेसम्म पास नभएकाले रेल चलाउन समस्या देखिएको हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
