काठमाडौं उपत्यकामा जोर बिजोर, ९ सय सवारी साधन नियन्त्रण

असोज ,१३
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।
जोरबिजोर नियम लागू गरेको आरोपमा महानगरीय ट्राफिक महाशाकाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार राजधानीका विभिन्न ४५वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो उनले भने ।नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छ्न ।
नियन्त्रणमा लिएका सवारीसाधनलाई अबदेखि नियम पालना गराउने सर्तमा एकपटकलाई छोडेने प्रहरीको भनाइ छ। तर सवारी नियम नै उल्लघन गर्नेलाई भने कारबाही गरिने उनले बताए ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धि चेक प्वाइन्टमै होल्ड गरेर राखिएको छ ।
नियन्त्रण लिने क्रममा सवारी नियमन उल्लंघन गरीएका घटना पनि छ्न , यस्तोमा कारबाही हुन्छ , उनले भने।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
