घटना

नदिभित्रै गाडिएको थियो प्रहरी जवानको शव , भेटियो पेस्तोल पनि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,४
मोहना नदिमा रामबहादुर साउदको शव भेटिएको छ। साउदको शव भेटिएको ठाउँनजिकै हराएको पेस्तोल पनि फेला परेको छ।


साउदको घाटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

बिज्ञापन


सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्त प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको उनले बताए ।


उनको शव गाडेको अवस्थामा फेला परेको थियो।प्रहरीले पक्राउ गरेका एक व्यक्तिको आधारमा साउदको शव भेटिएको प्रहरी स्रोतले बतायो।


पक्राउ परेका व्यक्तिलाई सगै लिएर गएपछि उनले देखाएको ठाउँ खनेर हेर्दा प्रहरी जवानको शव फेला परेको हो।


असई भेटिएको स्थानदेखी २ सय मिटर टाढा साउदको शव भेटिएको हो । दुवै प्रहरीको हत्यामा संग्लन अपराधिलाई प्रहरीले पक्राउ गरेको छ।


धनगढी उपमहानगरपालिका -१२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत विक र साउदलाई तस्करीले हत्या गरेको प्रहरीको निष्कर्ष छ।


प्रहरीले हत्यामा संग्लन भएका केहीलाई पक्राउ गरिएका छन ,भने केही व्यक्ति अझै भागिरहेकालाई खोजी भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply