होम आईसोलेसनमा बसेका कोरोना संक्रमितअस्पतालमा नपुदै मृत्यु

असोज ,७
दाङमा कोरोना भइरसबाट एक कर्मचारीको मृत्यु भएको छ।
तुलसीपुर उपनगरपालिका वडा न.१८ का ५३ वर्यीय हिराबहादुर डागीको बिहीबार राती उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए ।डागी घोराहीमा डेरामा बसेका थिए ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ संयोजक विमल केसीका अनुसार बिहीबार राती ११ बजेतिर सास फेर्न गाह्रो भएपछि उनलाई कोरोना अस्पताल बेलझुण्डी लिएका थिए । उनी सुगरको औषधी पनि खाइरहेका थिए।
कोरोना अस्पतालमा आइसियु बेड खाली नभएपछि उनलाई बाके रिफर गरिएको थियो ।
उनलाई अक्सिजनसहितको एम्बुलेन्समा राखेर लैजादै गर्दा बाटोमै मृत्यु भएको बेलझुण्डी अस्पतालकी नर्सले जानकारी दिइन।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
