घटना

रोल्पा जाँदै गरेको जिप दुर्घटनाबाट,तीन जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२३
दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ।


रोल्पा जाँदै गरेको लु १ ज नम्बरको जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ।

बिज्ञापन


चालक रोल्पा गंगादेव -५ का ६५ वर्यीय गंगाबहादुर बुढा ,गंगादेव गाउँपालिकाका -७ बथानका ३५ वर्यीय भीमबहादुर र दाङ बबई गाउँपालिकाका २ पंचकुलेका १७ वर्यीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।


दुर्घटनामा परेको जिपमा सात जना सवार थिए ।प्रहरी नायब उपरीक्षक गोविन्द थापाको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको र चार जना सामान्य घाइते भएका छ्न ।


ती चारजना हामफालेर बाँचेका हुन ।उकालो चढन नसकेर जिप व्याक भएको रहेछ। उनले भने ;जिप भित्ररहेकाहरुको मृत्यु भएको हो।


सल्यानको छ्त्रेश्ररी गाउँपालिका -४ तिबाङधुरीमा शनिबार बेलुकीतिर उक्त जिप दुर्घटना भएको बताएको छ।


उक्त जिप सडकदेखि करिब डेढ सय मिटर तल खसेको बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply